ad
केन्द्रीय संस्करण

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड

person explore access_timeफागुन २२, २०७७ chat_bubble_outline0

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन् । शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु।’

 यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।’

विप्लवले अर्को प्रचण्ड भन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । ‘अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ। उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु ।’ 
आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उनले बताए ।

 


शुक्रबारमात्रै विप्लव सरकारसँग ३ बुँदे सहमति भएपनि शान्तिपूर्ण राजनीतिमा सामेल भएका थिए । अर्को प्रशंगमा प्रचण्डले प्रतिगमनविरुद्धको शान्तिपूर्ण जनयुद्धले सर्वोच्च अदालतको फैसलापछि विजय हासिल भएको भएको प्रचण्डको दाबी छ । 

कार्यक्रममार्फत विमल अधिकारीको नेतृत्वको नेकपा माओवादी पार्टी प्रचण्ड–नेपाल समूहमा समायोजन भएको छ । यस्तै विप्लव नेतृत्वमा रहेका केही नेता कार्यकर्ता उक्त समूहमा प्रवेश गरेका छन् ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.