शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली समूहको संसदीय दलको बैठक बालुवाटारम बस्दै

शनिबार, २२ फागुन २०७७, १४ : ४४
शनिबार, २२ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने लागेको ओली नेतृत्वको नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

यसअघि  बैठक संसद भवनको ल्होत्से हलमा  भनिएपनि अन्तिम समयमा आएर बालुवाटारमै बैठक राखिएको उनको भनाइ छ ।
प्रचण्ड–नेपाल पक्षका सांसदलाई बैठकमा आउन जानकारी गराइएको उनले बताए । प्रचण्ड–माधव पक्षले भने शुक्रबारै बैठक बसेर दलको नेता प्रचण्डलाई चयन गरेको छ ।

भट्टराईका अनुसार भोलिदेखि शुरु हुने संसद अधिवेशनमा पार्टीको रणनीति र सांसदहरूको भूमिकाबारे छलफल हुने छ । शुक्रबार मात्र नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

यस्तै ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–नेपाल पक्षको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप