ad
केन्द्रीय संस्करण

र्‍याम्पमा फेसन डिजाइनरको प्रतिस्पर्धा

person explore access_timeफागुन २२, २०७७ chat_bubble_outline0

काठमाडौँ । फेसन डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्‍याम्प शो ‘ड्रेस टु इम्प्रेसन’ आयोजना हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले १३ चैतमा उक्त शो आयोजना गर्न लागेको हो । 

शोमा ‘ड्रेस टु इम्प्रेस’मा डिजाइन भएका पहिरनमा र्याम्पमा प्रस्तुत गरिनेछ । 

आईआईएफटीका बिद्यार्थीहरुको सहभागीता रहने शो आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले आयोजना गर्न लागिएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले बताए । उनले आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा भाग लिने जानकारी दिए ।

११५ डिजाइनरको सहभागीता रहने शो पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुनेछ । सबै मोडल डिजाइनर कोरियोग्राफी विपना थापाको प्रशिक्षणमा र्याम्पमा उत्रिनेछन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिबे्रटीमाझ आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’को प्रि–जर्जिङ राउण्ड ७ चैतमा हुने आईआईएफटीका निर्देशक शेर्पाले जानकारी दिए । प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.