शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुशान्तको आत्महत्यापछि रियाको करियरमा धक्का

शनिबार, २२ फागुन २०७७, ११ : २६
शनिबार, २२ फागुन २०७७

बलिउडमा भर्खरै उदाएकी अभिनेत्री रिया चक्रवर्तीको करियरमा धक्का लागेको छ । 

सोनाली केबलमा सानदार अभिनय गरेकी रियाले सबैको मन पहिलो फिल्मबाट नै जितेकी थिइन् । 

तर, अचानक जुन १४ मा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याले उनको जिवनमा पनि उथलपुथल पैदा भयो । 

सुशान्तको प्रेमिका समेत रहेकी रियालाई सुशान्तको हत्याको आरोप लाग्यो । उनीविरुद्ध हत्याको आरोपसँगै लागुऔषध दुव्र्यसनीको समेत मुद्दा लाग्यो । उनी जेल समेत गइन् । उनी लामो समय सामाजिक सञ्जाल र फिल्म क्षेत्रबाट टाढा रहिन् । 

फिल्ममा तोकिएको भूमिकाबाट रियालाई हटाइएको छ । उनी जुन भूमिकामा देखिने तय भएको थियो त्यसबाट हटाएर उनलाई अर्कै भूमिकामा अनुबन्ध गरिएको छ । 

उनी सुपरस्टार अमिताभ बच्चनसँग फिल्म 'चेहरे'मा थिइन् । फिल्मको शुटिंग पनि भएको छ । तर फिल्मको पोस्टरमा भने रियाको कुनै पनि तस्बिर देखाइएको छैन । इमरान हाशमी र क्रिस्टल डिसूजाको तस्बिर देखाइएको छ भने रिया गायब छिन् । 

भारतीय सञ्चार माध्यमका अनुसार रियाको करियरमा धक्का लागेको छ । उनको अगाडिको भविष्य समेत अन्योल देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप