राराको मुस्कानमा रमाएको कर्णाली, तस्बिरमा हेर्नुहोस्
मुगु (रारा) । रारा ताल नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यही राराको मुस्कानमा आफ्ना दुःख पीडालाई भुल्दै कर्णालीवासी रमाएका छन् । सुर्खेतको वीरेन्द्रनगर बांगेसिमलबाट करिब २ सय ९० किलोमिटरको यात्रापछि रारा ताल पुगिन्छ । रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लाको छायाँनाथ रारा गाउँपालिकामा रहेको छ ।
सुर्खेत–जुम्ला कर्णाली राजमार्गको लम्बाइ २ सय ३१ किलोमिटर रहेको छ । सो सडकबाट जुम्ला जिल्लाको सदरमुकाम खलंगा पुगिन्छ । तर, रारा जान भने कालिकोट जिल्लाको नाग्मबाट ९० किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्दछ । सुर्खेतबाट सुरु हुने कर्णाली राजमार्ग दैलेख, कालिकोट, जुम्ला जान्छ । नाग्मबाट दैलेखको सिंजा उपत्यका हुंदै मुगु पुगिन्छ । नेपालगन्जबाट हवाई यात्रा गरेरपनि रारा पुग्न सकिन्छ ।
साँघुरो सडकका कारण कतिपय स्थानका भने एकतर्फी मात्र सवारी चल्न सक्ने भएकाले यात्रा गर्दा होशियार हुनु पर्ने देखिन्छ ।
सडक खुलेपछि कर्णालीको जीवनस्तर क्रमशः सुधार हुँदै गएको स्थानीयहरु बताउँछन् । कमैमात्र खाद्यन्न उत्पादन हुने भएकाले किनेर खान समेत नपाइने अवस्थाको अन्त्य भएको जुम्ला सिंजागाउँपालिका जयहरि शर्माले बताए ।
रारामा पर्यटकहरुको आगमन बढेपछि राजमार्ग आसपासमा होटल तथा पसल खोल्नेहरूको संख्या बढेको छ । स्थानीयतहमा उत्पादन हुने सिमी, जडिबुटी चिया, अन्य जडीबुटीलगायत बिक्री गर्न सहज भएको छ ।
सडकको पहुँच सहज भएको स्थानमा केही सहज भएपछि अन्यत्र भने दुःख खासै नघटेको कालिकोट पिली बजारकी माया शाहीले बताइन् । साँघुरो सडक, विद्युतको राष्ट्रिय प्रशारण लाइन नहुनु, उत्पादनको कमी जस्ता कुराले अझैपनि केही पीडा कायम रहेको आम कर्णालीवासीको भनाई छ ।
तर, पनि सिंजा, खंलगा, रारा कारणले बाह्य तथा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दा पीडा भुलेर भएपनि कर्णालीवासी रमाइ रहेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत