बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म प्रधानमन्त्रीको रेसमा छैन : सभापति देउवा

शनिबार, २२ फागुन २०७७, १० : २६
शनिबार, २२ फागुन २०७७


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीकाे रेसमा नरहेको बताएका छन् । काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष  नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमाेचन समारोहमा उनले भने, " म प्रधानमन्त्रीकाे रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हाे । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।" 
काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् । 

यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए । उनले भने, 'संसदीय व्यवस्थापनमा अदालतलाई याे गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई याे गर त्याे भन्नुहुँदैन भनेकाे हुँ । यसमा म प्रतिबद्ध छु ।"

कार्यक्रम देउवा निवास बूढानीलकण्ठमा भएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप