बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज यी स्थानमा वर्षाको सम्भावना

शनिबार, २२ फागुन २०७७, ०७ : ५४
शनिबार, २२ फागुन २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहानको मौसमको बारेमा जानकारी दिँदै महाशाखाले देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

यसैगरी, आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।  

यस्तै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको एक/दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ । 

त्यसैगरी, आज राति प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने पूर्वानुमान छ ।

बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको  पहाडी र हिमाली भूभागहरुको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप