ad
केन्द्रीय संस्करण

मुकेश अम्बानीको घरबाहिर बरामद शंकास्पद गाडीका मालिकको शव फेला

person explore access_timeफागुन २१, २०७७ chat_bubble_outline0

एजेन्सी । केही दिनअघि भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर  नजिकै विष्फोटक पदार्थ(जिलेटिन) ले भरिएको स्कारपियो गाडीको मालिकको शव फेला परेको छ । भारतीय प्रहरीका अनुसार मनसुख हिरेन नामक व्यक्तिले आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो । 

यद्यपि महाराष्ट्रका गृहमन्त्री नील देशमुखकाअनुसार कारका मालिक साम मुटेन नामका व्यक्ति भएको र उनले मनसुख हिरेनलाई कार मर्मत गर्न सुम्पिएका थिए । कार मर्मत गरिएको पैसा भुक्तान नगरेपछि हिरेनले सो कार आफुले राखेको गृहमन्त्रीको भनाई थियो । हिरेनको शव भेटिएको भारतीय प्रहरीको भनाई उदृत गर्दै अमर उजालाले लेखेको छ । 

गृहमन्त्री देशमुखले कार कसको हो भन्ने विषयको मुद्दामा पनि छानविन गर्न निर्देशन दिइएको बताए । फेबु्रअरी २५ का दिन उद्योगपति अम्बानीको घरबाहिर २० वटा जिलेटिनसहित सो स्कारपियो कार बरामद गरिएको थियो । यद्यपि, त्यहाँ भेटिएको जिलेटिन सैन्य ग्रेड जिलेटिन नभएको प्रहरीले बताउँदै आएको छ । यस घटनापछि मुकेश अम्बानीको निवास बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.