शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै १३ लाख ठगी गरेको आरोपमा २ पक्राउ

शुक्रबार, २१ फागुन २०७७, २२ : १३
शुक्रबार, २१ फागुन २०७७

पोखरा । पोखरामा मोटो रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध भएको बताउदै छुटाइदिने आश्वासन दिएर १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले २ जनालाई पक्राउ गरेको हो । 

ठगी गरेको आरोपमा पोखरा–५ मालेपाटनका सूर्यलाल खड्का र धादिङ घर भई हाल पोखरा–२५ हेम्जा बस्दै आएका कमानबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । 

प्रशासनसँग सेटिङमा एक करोड रुपैयाँ छुटाइदिने भनी किस्ता वापत १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिएको आरोपमा २ जनालाई पक्राउ गरेको प्रवक्ता हमालले बताए । 

रकम ठगेर फरार रहेका उनीहरुलाई प्रहरीले पोखरास्थित राष्ट्रबैक चोकमा रहेको एक खाजा घरबाट  बुधबार साँझ पक्राउ गरेको थियो ।  प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६÷६ लाखका २ वटा चेक, अन्य बैंकका चेक तथा भौचरहरु, ४ थान मोवाइल समेत बरामद गरेको जानकारी दिएको छ । 

पक्राउ परेका उनीहरु दुबैलाई ठगी, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप