बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका नेता पुन  र कुमाल रिहा

शुक्रबार, २१ फागुन २०७७, २२ : ०६
शुक्रबार, २१ फागुन २०७७

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारबाट रिहा भएका छन् । 

सो पार्टीको पूर्व सेती महाकाली ब्यूरो इन्चार्जसमेत  पुन गत साउनमा पक्राउ परेका थिए ।  कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूची परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप