शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेता श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगे सभापति देउवा

शुक्रबार, २१ फागुन २०७७, २० : ३०
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पताल पुगेर नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । काँग्रेस संसदीय दलको बैठक सकिएपछि शुक्रबार साँझ देउवा श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । देउवाले श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभका कामना समेत गरेका थिए ।

काँग्रेस संगठन विभाग प्रमुख समेत रहेका श्रेष्ठलाई सास फेर्न समस्या भएपछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।


आइतबार सीसीयुमा राखेर उपचार गरिएपनि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । सोमबारबाट सामान्य बेडमा सारे​र श्रेष्ठको उपचार भइरहेको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न  छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप