थप १२० जनामा कोरोना पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ ।
थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ८३२ सक्रिय सङ्क्रमित रहेका छन् ।
शून्य मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोही पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियानलाई ध्यानमा राख्दै अबदेखि दैनिक यसबारे जानकारी गराउने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारदेखि सुरु गरिने खोप अभियानलाई ध्यानमा राख्दै मन्त्रालयले आजदेखि दैनिक प्रेस ब्रिफिङ गर्न थालेको हो । यसअघि सातामा दुई पटक आइतबार र बुधबार मात्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना