शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ ‘कृष्ण–लीला’को गीत ‘डियर बन्न मन छ’

शुक्रबार, २१ फागुन २०७७, १९ : ०९
शुक्रबार, २१ फागुन २०७७

काठमाडौँ । आगामी चैत्र २७ बाट प्रदर्शनमा आउने फिल्म  ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ सार्वजनिक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ र नवीन रेग्मी लगायतको अभिनय रहेको छ ।  नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

दीपक ओली निर्देशित फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमिल गीत सार्वजनिक भएको थियो । गीतले एघार लाख बढी भ्यू पाइसकेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायाँकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो ।

नयाँ वर्ष ०७८ को अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सह निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्र, नवीन रेग्मी, भावनाका साथमा हिउँ वाला गौतम, आयुष गुरागाईँ, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।​ आर आर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको वितरक पनि आर आर फिल्मस् नै हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप