विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को बीचमा भएको तीन बुँदे सम्झौतालाई स्वागत गरेका छन् । सशस्त्र आन्दोलनमा रहेका नेकपा विप्लव समूह शान्ति प्रकृयामा आउनु राम्रो काम भएको बताउँदै यसलाई राजनीतिमा सकारात्मक कदमको रुपमा लिनुपर्ने बताए ।
‘अब देशमा सशस्त्र आन्दोलनको आवश्यकता छैन, शान्तिपूर्ण आन्दोलनले आफ्ना अधिकार प्राप्त गर्न सकिन्छ’ उनले भने । अध्यक्ष यादवले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेससँग विभेद गरेको बताए । उनले भने, ‘पहाडका लागि एउटा निर्णय मधेशको लागि अर्को निर्णय हुनुहुँदैन, सशस्त्र आन्दोलनमा रहेकालाई मूलधारमा ल्याइएको छ तर शान्तिपूर्ण आन्दोलन गरेका मधेशी नेताहरुलाई मुद्दा लगाइएको छ भने कतिपयलाई थुनामा राखेका छन्, अब उनीहरुलाई पनि छाड्नुपर्छ ।’
यादवले थप भने, ‘थरूहट आन्दोलनमा लगेका रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता पनि थुनामा रहेका छन् । उनीहरुमाथि मुद्दा लगाइएको छ ती सबै फिर्ता लिएर थुनामा रहेकालाई रहाई गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा