मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाईकलसहित एकजना पक्राउ

शुक्रबार, २१ फागुन २०७७, १६ : ४०
शुक्रबार, २१ फागुन २०७७

मकवानपुर । प्रहरीले चोरीको मोटरसाईकलसहित एकजनालाई हेटौंडाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–८, कमानेबाट चोरी गरिएको मोटरसाईकलसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–८ कमाने बस्ने वर्ष २९ का बिकु देउला छन् । उनले फागुन १९ गते हेटौडा–४ कर्रा श्रमिक पथका पिथुलाल देउलाको ना४प ९२१० नम्बरको सुपर स्पेलेण्डर मोटरसाईकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्नै घर अगाडि पार्किङ गरी राखेको मोटरसाईकल हराएको भन्ने उजुरीका आधारमा खोजतलास गर्ने क्रममा देउलालाई मोटरसाईकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप