शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षले आइतबार प्रम ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

हाम्रो पक्षमा ११५ जना सांसदः खनाल
शुक्रबार, २१ फागुन २०७७, ०६ : ००
शुक्रबार, २१ फागुन २०७७


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । आजको बसेको सो समूहको संसदीय दलको बैठकपछि रातोपाटीसँग कुरा गर्दै एक सांसदले अविश्वासको प्रस्ताव गर्ने तयारी गरेको रातोपाटीलाई जानकारी दिए ।

वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले स-शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणबस योगेश भट्टराई, कृष्णबहादुर महरा, चक्रपाणी खनाललगायत  चार जना सांसद भने आज अनुपस्थित रहेको पनि बताए ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए ।

‘प्रचण्डले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरे । संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप