शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछः ओली
शुक्रबार, २१ फागुन २०७७, ०६ : ००
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न आउने बताएका छन् । सरकार र विप्लव समूहबीचको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा ओलीले विप्लवलाई मूलधारको राजनीतिमा स्वागत समेत गरे ।
‘नेपाल एउटा शान्तिको नयाँ युगमा प्रवेश गरेको छ । म नेपाल कम्युनिस्ट पार्टीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु’ ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु, यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै