शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन २०२१’ छानिने

शुक्रबार, २१ फागुन २०७७, १४ : ३०
शुक्रबार, २१ फागुन २०७७

काठमाडौंँ । अपाङ्गता भएको व्यक्तिहरुको क्षमता र उहाँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पुर्याउने उदेश्यले सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ । 

अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रालिको संयुक्त प्रतियोगिता आयोजनामा हुन लागेको हो । शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले प्रतियोगिताको विभिन्न पक्षको जानकारी गराएको छ । 

कार्यक्रममा काठमाडौँ लाइन्स क्लब आफ काठमाडौ क्यापिटलका पूर्व अध्यक्ष तथा समाजसेवी किशोरभक्त श्रेष्ठले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए । उनले आफुले अपाङ्गता भएको व्यक्तिलाई अगाडि बढाउने कार्यक्रममा हरहमेसा सहयोगका लागि अगाडि आउने जानकारी दिए । 

त्यस्तै ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको अपाङ्गता भएका व्यक्तिले भरपुर उपयोग गर्नुपर्ने धारणा ब्यक्त गरे । 

अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्ले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई अगाडि लयाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् । प्रतियोगिताको लाभ अपाङ्गता भएको व्यक्तिले उठाउनुपर्ने धारणा उनको रहेको थियो । उनले अपाङ्ता भएको ब्यक्तिलाई फरक क्षमता भएको ब्यक्ति भन्ने गरिए पनि उनीहरुलाई अपाङ्गता भएको व्यक्तिकै रुपमा सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको थियो ।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामा आयोजना हुने प्रतियोगितामा अनिला श्रेष्ठको कोरियोग्राफी रहनेछ । प्रतियोगितामा शीर्ष सहित विभिन्न उपविधामा बिजेता छानिने र विजेताले बिभिन्न पुरस्कार समेत जित्नसक्ने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप