बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गाबाट २२ तोला अवैध सुनसहित भारतीय पक्राउ

शुक्रबार, २१ फागुन २०७७, १४ : ०३
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना भारतीय पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध सुन फेला पारेको थियो । सुमोमा सवार सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्रीसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप