शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लालुमै’ गायक सन्दीपले ल्याए ‘सान्बाबु’

शुक्रबार, २१ फागुन २०७७, १३ : ४१
शुक्रबार, २१ फागुन २०७७

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु’ सार्वजनिक भएको छ । गीत गायनमा सन्दीपलाई सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् ।  सुदीप सागर, गोबिन्द अनेक, सुनितामी परियार र विमला परियारको कोरस गायन रहेको गीतमा शब्द तथा संगीत स्वयम् गायक सन्दीपकै छ । 

गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा ट्वीन गर्ल स्मारिका र समारिका ढकालसँग गायक सन्दीप नै देखिएका छन् ।  नवराज उप्रेतीको छायाँकन, विष्णु शर्माको सम्पादन भिडियोमा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप