अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

person explore access_timeफागुन २१, २०७७ chat_bubble_outline0

काबुल । अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् । 


शुक्रबार दिइएको जानकारी अनुसार यहाँ गएको २४ घण्टा यता भएका हिंसामा परी ती व्यक्तिको निधन भएको बताइएको हो । यहाँको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले शुक्रबार बिहान सो जानकारी दिएको छ । 



रिभले भनेको छ, “गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिवानका आक्रमण लगायतका हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएका छन् ।” 



साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिबान मारिएका पनि बताइएको छ । सरकारी फौजले तालिबानका विरुद्धमा गरेको कारबाहीमा परी ती तालिबान मारिएका हुन् । 

अफगानिस्तानमा जारी रहेको युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार यी हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन् ।  गएको २४ घण्टा यतामात्र अफगानिस्तानका विभिन्न पाँच प्रान्तका आठ स्थानमा हिंसात्मक आक्रमणहरु भएका थिए । अफगानिस्तानका ३४ प्रान्तमध्ये यहाँका पाँच प्रान्तमा गएको २४ घन्टामात्र यता हिंसात्मक हमलाहरु भएका थिए । –सिन्ह्वा
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।