२ रुपैयाँ ५२ पैसा खर्च गरेर २ रुपैयाँको सिक्का छाप्दै सरकार
काठमाडौं । सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागिका बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीको नाममा आशयपत्र जारी गरेको हो ।
बैंकले कुल एक सय मिलियन अर्थात् १० करोड थान सिक्का छाप्नका लागि १६ लाख ६४ हजार पाउन्ड खर्च गर्ने जनाएको छ । जस अनुसार आजको विनिमय दर पाउण्डसँग बैंकको खर्च हिसाब गर्दा १० करोड सिक्काका छाप्नका लागि कुल २५ करोड २२ लाख ८९ हजार ४० रुपैयाँ लाग्ने देखिन्छ । जसलाई प्रति सिक्का छपाई खर्च निकाल्दा कुल खर्चलाई १० करोडले भाग गदा न्यूनतम एक सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा निस्कन्छ ।
यो हिसाबले बैंकले छाप्न खोजेको २ रुपैयाँको एउटा सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा पर्ने देखिन्छ । त्यसो त सरकारले यसअघि १ रुपैयाँको सिक्का छाप्नका लागि प्रति सिक्का अधिकतम २ रुपैयाँ ३५ पैसा खर्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म
-
सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट
-
एमाले अनिर्णीत बन्दा ‘ट्रयाक टु’ मा एकीकृत समाजवादी
-
दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै
-
आईपीएलमा आज : नयाँ रङ्गशालामा पहिलो पटक भिड्दै मुम्बई र पन्जाब