ज्योति लाईफको आइपिओ खुल्यो, कति जनाले हात पार्नेछन् यो सेयर ?
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बिक्रि आजबाट (शुक्रबार) खुला भएको छ ।
कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्काशनमा ल्याएको हो । कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । जसमा सर्वसाधारणले ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन दिन सकिनेछ ।
५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरीएको छ ।
कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी(आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।
कति जनाले पाउँछन् यो आइपिओ ?
आजभोली आपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेको छ । ज्योति लाइफको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएकाले १० कित्ताका दरले आवेदकलाई भाग लगाउँनुपर्ने हुन्छ । यस आधारमा पनि आवेदन दिएका सबैलाई यो आइपिओ पर्दैन । १० कित्तालाई आधार मान्ने हो भने सर्व साधारणलाई छुट्याइएको सेयर ५ लाख ९४ हजार जनाले हात पार्ने देखिन्छ । बाँकी आवेदनको हात खाली हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ