शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–माधवपक्षको संसदीय दलको बैठक आज

शुक्रबार, २१ फागुन २०७७, १० : ३७
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ भने ओली पक्षले आइतबार ३ बजे दलको बैठक डाकेको छ ।

प्रचण्ड–माधव पक्षले आज बोलाएको बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् । सो पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

यस्तै, नेपाली काँग्रेस संसदीय दलको बैठक पनि शुक्रबारै बस्दैछ । काँग्रेसले दिउँसो २ बजेलाई दलको बोलाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप