बहराइनको राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्दै
बिहीबार, २० फागुन २०७७, २३ : १४
![बहराइनको राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्दै](https://rpcdn.ratopati.com/media/albums/sagarmatha_o05dwkOM3F.jpg)
काठमाडौं । बहराइनको राजपरिवारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएको छ । सगरमाथा आरोहणका लागि सो टोली चैत २ गते नेपाल आउने भएको हो । सो टोलीका केही सदस्यहरुले बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहणका बारेमा जानकारी गराएका छन् ।
सगरमाथा आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायतका नागरिकसहित १६ जना रहेको बहराइनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सो टोली नेपालमा ७९ दिनसम्म बस्ने विज्ञप्तिमा भनिएको छ । सो टोलीले सन् २०२० मा नेपालका लोबुचे पिक र मनास्लु हिमालको पनि आरोहण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म
-
विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
-
महाशिवरात्रि मूल समारोह समिति गठन
-
श्रीलंकामा महत्त्वपूर्ण परियोजनाबाट किन पछि हट्यो अदानीको कम्पनी ?
-
‘जनयुद्ध हिंसा हैन, क्रान्ति थियो’