जर्मनीमा लकडाउनको समय फेरि थपियो

एजेन्सी । जर्मनीमा लागू गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।
सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यावश्यक सेवा सञ्चालन गर्न कुनै बाधा नरहेको र अत्यावश्यक नरहेका कामहरू भने नगर्न आग्रह गरिएको समाचारमा जनाइएको छ । तर कोरोनाको महामारी कम देखिएका क्षेत्रमा अत्यावश्यक नमानिने व्यवसायहरू पनि खोल्न दिइने भएको छ ।
चान्सलर एन्जेला मर्केल र १६ राज्यका गभर्नरहरूबीच भएको छलफलको नौ घण्टा पछि लकडाउनको समयावधि थप्ने निर्णय भएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको समयावधि थप गर्नु पर्ने निश्कर्षमा सबै जना पुगेको अधिकारीहरूले जनाएका छन् ।
महामारी फैलिने क्रम चलिरहेकाले जनजीवन सामान्य हुन अझै केही समय लाग्ने देखिएको उनीहरूको भनाइ छ । जर्मनीमा कोरोनाभाइरसका कारण बिहीबार मात्रै नौ हजार १९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २० लाख ४६ हजार पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका ४१८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या ७० हजार ८८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार