शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यासिनो सिएमजीमा प्रहरीको छापा, मेनेजरसहित १० जना पक्राउ

बिहीबार, २० फागुन २०७७, २१ : ५८
बिहीबार, २० फागुन २०७७

काठमाडौं । काठमाडौंको ताहाचलमा स्थित प्लाटिनम होटलमा रहेको क्यासिनो सिएमजीमा प्रहरीले छापा मारेको छ । नियम विपरित नेपाली प्रवेश गराएर जुवा खेलाएको सुराकको आधारमा छापा मारिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले क्यासिनोका मेनेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको छ । क्यासिनोबाट २२ लाख ९६ हजार नगद बरामद गरिएको छ । 

पक्राउ पर्नेमा भारतिय नागरिक रंजित कुमार जैसवाल, सोहन प्रसाद, मुमताज मियाँ र शेख मुर्तुजना अलि रहेका छन् । जुवा खेल्न गएका नेपाली नागरिक धनुषाका राज कुमार सिंह र बाराका टिन्कु प्रसादलाई पनि प्रहरीले पक्रेको छ । क्यासिनोमा जुवा खेल्न नेपालीलाई प्रतिबन्ध लगाइएको छ । 

अवैध तरिकाले जुवा खेलाउने क्यासिनाको मेनजर महेश मल्ल, सहायक मेनेजर कमल देव चौधरी, एडमिन स्टाफ अजय यादव र क्यासियर सचिन वाग्लेलाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप