ad
केन्द्रीय संस्करण
राजनीति

हिरासतमा रहेका विप्लवका नेता–कार्यकर्तालाई भोलिसम्म छाड्न देशभर सर्कुलर

person explore access_timeफागुन २०, २०७७ chat_bubble_outline0

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ ।  गृह मन्त्रालयले बिहिबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।   

‘प्रमुख जिल्ला अधिकारीले हेरेका मुद्दाका बन्दीलाई छाड्न सर्कुलर गरिएको छ’ गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले रातोपाटीसँग भने– ‘भोलिसम्म छाड्न भनिएको छ, उहाँहरुले आफ्नो प्रक्रिया हेरेर गर्नुहुन्छ ।’ 

प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सो समूहको तेस्रो बरियताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् । 

अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा  प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले रातोपाटीलाई बताए ।  उनले भने– ‘अदालतमा चलेको मुद्दाको हकमा आवश्यक सहजीकरण गरिदिने भनेका छौं ।’  सरकार र सो समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुँदा १८ जना प्रहरीको हिरासतमा छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.