शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

बिहीबार, २० फागुन २०७७, २० : ०३
बिहीबार, २० फागुन २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

विनय त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयबासीबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ ।  प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । पछिल्लो पटक मङ्सिर ८ गते बालिकामाथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप