ad
केन्द्रीय संस्करण

‘मिसेस नेपाल ग्ल्याम’ आयोजना हुने

person explore access_timeफागुन २०, २०७७ chat_bubble_outline0

काठमाडौँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागिता बारे जानकारी गराएको हो ।
प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन दिन सक्ने प्रतियोगिताको पहिलो अर्थात छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुनेछ ।

बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुने अडिसनमा सहभागीताका लागि अनलाईन मार्फत र ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको कार्यालय, आधिकारिक फेसबुक पेज र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।
विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविष्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिति कार्कीले बताइन् ।

शीर्ष सहित बिभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यस्त कोरियोग्राफर हुन् । प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशन’मा सहभागीता जनाउन पाउनेछन् । गतबर्ष कोरोना कारणले आयोजना यो प्रतियोगीता आयोजना हुन सकेको थिए । यस बर्ष त्यसले फेरि निरन्तरता पाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.