शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंका ज्येष्ठ नागरिक कोरोनाविरुद्धको खोप लगाउन कहाँ जाने ?

बिहीबार, २० फागुन २०७७, १५ : ०५
बिहीबार, २० फागुन २०७७

कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको कोभिशिल्ड खोप दोस्रो प्राथमिकतामा परेका ज्येष्ठ नागरिकलाई आइतबारदेखि लगाइने भएको छ । आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने  छ ।  त्यसको १० दिनपछि चैत ४ गतेबाट ५५ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्र १३ र जिल्लाका ११ वटा नगरमा ३५ वटा खोप केन्द्र तोकेको छ । महानगरभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, स्तूपा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल, हिमाल अस्पताल, क्षेत्रपाटी निशुल्क चिकित्सालय, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र विपि आँखा अस्पताललाई महानगरभित्रका लागि खोप केन्द्र तोकिएको छ ।

 यस्तै बूढानीलकण्ठमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र करुणा अस्पताल, चुनिखेललाई खोप केन्द्र, टोखा नगरपालिकामा ग्राण्डी अस्पताल र टोखा चण्डेश्वरी अस्पताललाई खोप केन्द्र तोकिएको हो ।  
कागेश्वरी मनोहरामा मूलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीलाई खोप केन्द्र, गोकर्णेश्वरमा नेपाल मेडिकल कलेज, गोकर्ण प्राथमिक अस्पताल र शंकरापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ । 
नागार्जुनमा रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, सीतापाइला स्वास्थ्य चौकी र  तारकेश्वरमा धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको हो । 

यता  शंखरापुरमा सुष्मा कोइराला अस्पताल, इन्द्रायणी प्राथमिक स्वाथ्य अस्पताल र लप्सेफेदी स्वास्थ्य चौकीलाई खोप केन्द्र निर्धारण गरिएको छ भने चन्द्रागिरी नगरपालिकामा चन्दा गिरी प्राथमिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र सतुंगल स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएका छ । 

  दक्षिणकालीमा शेष नारायण स्वास्थ्य चौकी र चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र, किर्तिपुरमा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, विष्णु देवी अस्पताल र पाँगा स्वास्थ्य चौकीलाई खोप केन्द्र निर्धारण गरेको महानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप