शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘तिम्रो हुने कहिले ?’ को शीर्ष गीत सार्वजनिक

बिहीबार, २० फागुन २०७७, १४ : ४५
बिहीबार, २० फागुन २०७७

काठमाडौंँ । फिल्म ‘तिम्रो हुने कहिले ?’ को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ‘तिम्रो हुने कहिले’ बोलको शीर्ष गीत सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीको गीतमा गायक बबुल गिरी र गायिका सुजाता केसीको स्वर रहेको छ । गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन बबुल गिरीको रहेको छ ।

फिल्मको कलाकार प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बाँस्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, शेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर लगायतको अभिनय गीतमा देख्न सकिन्छ । 

गीतमा सुरेश पाण्डे र सुनिता बस्नेतको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन, ललितसिंह साउदको सम्पादन रहेको छ ।  राजु गिरीको निर्देशन रहेको फिल्मको निर्माता श्याम खत्री हुन् । बैशाख १० गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने निर्माण युनिटले कार्यक्रममा जानकारी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप