शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले चोरिएका २७ मोटरसाइकल बरामद गरी जिम्मा लगायो

बिहीबार, २० फागुन २०७७, १४ : २३
बिहीबार, २० फागुन २०७७

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट फेला पारेका २७ मोटरसाइकल धनीलाई जिम्मा लगाएको हो ।

उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका बीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरूबाट यी मोटरसाइकलहरु बरामद गरिएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप