दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार नाघ्यो

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रमित भएका थिए ।
गत वर्ष नोभेम्बरदेखि कयौ महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय बढी हुदै आएको थियो । दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर सङ्क्रमितहरु देखिँदै आएका थिए । ती क्षेत्रहरुमा आयातित केसहरुले पनि प्राथमिकता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन् ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेका छन् । दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान