ताजमहलमा बम राखिएको हल्ला चलेपछि...
एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन् ।
बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको समाचारमा जनाइएको छ । एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ । उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि