शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्ध लागेपछि विप्लवका २ हजार कार्यकर्ता पक्राउ, १ सय २६ जना जेलमा

बिहीबार, २० फागुन २०७७, १३ : ४७
बिहीबार, २० फागुन २०७७

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिवन्ध लगाएपछि उनीहरुविरुद्ध प्रहरीले धरपकड बढायो । ०७५ फागुन २८ मा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । 

त्यसपछि देशभरबाट २ हजार ९८ जना विप्लवका नेता–कार्याकर्ता पक्राउ परे । सो समूह विरुद्ध २ हजार ७ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा दर्ता रहेको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । 
मुद्दा दर्तापछि थुनछेक बहस हुँदा अदालतको आदेशबाट १८ सय ६४ जना तारेखमा छुटेका छन् । यद्यपि उनीहरु विरुद्धको मुद्दा विचाराधीन छ । सरकार र विप्लव समूहको बीचमा भएको वार्तापछि उनीहरु विरुद्धको मुद्दा खारेज गर्ने सहमति भएको छ । 

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार विप्लवका १ सय २६ नेता कार्यकर्ता अदालतको आदेशले जेलमा बसेर मुद्दा लडिरहेका छन् । सरकार र सो समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुँदा १८ जना प्रहरीको हिरासतमा छन् । 
‘प्रहरी हिरासतमा भएका र जेलमा भएका बन्दीको रिहाइ गर्ने सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा सहमति भएको हो’ प्रहरी प्रवक्ता कुँवरले भने, ‘अब, त्यसबारे मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार हुन्छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप