शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपालाई एक गराउने वामदेवको जुक्तिः प्राथमिकतामा दोश्रो तहका नेता

बिहीबार, २० फागुन २०७७, १३ : ००
बिहीबार, २० फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन् । एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था   सृजना गर्ने उनको भनाई छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उनले बताए ।

उनले भने– ‘धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै सभाहरुमा बोलेको, ठुल्ठुला सभाहरुमा बोलेको ती सबै सुन्दाखेरी एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नुभा छैन । मेरोचाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठुलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न् उनलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदैछौँ र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला । पहिलो एकता केपी र प्रचण्डबीचकै एकतालाई हो हामीले मान्ने त्यो अरुले एकता गर्दैमा त्यो एकता हुँदैन । जनताले मान्दैन, विश्वले पनि मान्दैन । दुईटालाई एकताबद्ध गरेपछि फेर या पार्टी एकताबद्ध भयो भन्ने हुन्छ । तर उहाँहरुलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरुको वरिपरि बसेकाहरुलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलन प्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर अनि उहाँहरुलाई एकताबद्ध गराउने पक्षमा म छु ।’

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागि एकता अभियानमा लाग्ने स्पष्ट पारे । पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफु उभिनसक्ने पनि उनको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप