बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र विप्लवबीच भएको सहमतिको मालेद्वारा स्वागत

बिहीबार, २० फागुन २०७७, ११ : ५६
बिहीबार, २० फागुन २०७७

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको सीपी मैनाली नेतृत्वको नेकपा मालेले स्वागत गरेको छ । 

‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
यसैबीच सो पार्टीले मंगलबारका ताप्लेजुङमा भएको आगलागीको घटनाप्रति पनि दुःख व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप