
एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।
उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।
आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नुभएकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।
खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ