शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिरर’मा आर्यन र उपासना

बिहीबार, २० फागुन २०७७, ११ : १७
बिहीबार, २० फागुन २०७७

काठमाडौंँ । फिल्म ‘मिरर’ निर्माण हुने भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई मुख्य भुमिकामा लिएर फिल्म निर्माण हुन लागेको छ ।
थुप्रै नेपाली फिल्मका कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहने फिल्ममा प्रशान्त ताम्राकारको पनि अभिनय रहने बताइएको छ ।

कविराजले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । चलचित्र बिकाश बोडमा समेत दर्ता भएको फिल्मको बिषयबस्तु भने अहिले सार्वजनिक गरिएको छैन ।

वैशाखबाट छायाँकनमा जाने फिल्मको बाँकी कलाकार, प्राबिधिक छिट्टै सार्वजनिक गरिनेछ निर्देशक कबिराजले बताए । फिल्म क्षेत्रमा नृत्य निर्देशक भएर काम गरेको अनुभव निर्देशकको रुपमा आफुले खन्याउन लागेको उनको भनाई रहेको छ ।
आर्यन र उपासनाले अहिले फिल्म ‘डिसेम्बर फल्स’ अभिनय गरिरहेका छन् । यो फिल्म सकिएपछि आर्यनले कविराजको ‘मिरर’मा समय दिनेछन् ।

अभिनयमा केही समय ग्याप रहेका आर्यन पछिल्लो समय धमाधम फिल्म साइन गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप