शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसपटक मल अभाव नहुनेमा ढुक्क छु : अर्याल

बिहीबार, २० फागुन २०७७, ११ : ०६
बिहीबार, २० फागुन २०७७

कृषि तथा  पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले यसपटक मल अभाव नहुने कुरामा ढुक्क रहेको बताएकी छन । गत वर्ष जति मल वितरण भएको थियो, त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा खरिद गरिसकेको दावी गर्दै उनले हाल ३ लाख ६९ हजार मल स्टक रहेको उनले दावी गरिन् ।

१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमा रहेको र २ लाख ६९ हजार बाटोमा आइरहेको जानकारी दिइन् ।

‘यसपाली पनि मलको अभाव हुन्छ कि भन्ने चिन्ता थियो । तर आजसम्मको स्टक हेर्दा ढुक्क रहने अवस्था छ,’ उनले भनिन् । उनले अगामी वर्षदेखि रसायनिक मलको कारखाना खोल्ने प्रक्रिया शुरु हुने पनि दाबी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप