बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी बलिउड अभिनेतासँग छन् सयौँ करोडभन्दा बढी मूल्यका चार चीज

बिहीबार, २० फागुन २०७७, १० : २८
बिहीबार, २० फागुन २०७७

एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् । 

मन्नत
मिडिया रिपोर्टका अनुसार मुम्बईस्थित शाहरुख खानको घरको मूल्य २०० करोड रुपियाँभन्दा बढी रहेको छ । उनले उक्त घर सन् २००१ मा घर खरिद गरेका थिए । उनले उक्त घरको नाम ‘विला वियेना’ राखेका छन् । जुन नाम परिवर्तन गरेर उनले ‘मन्नत’ नाम राखे । उनको घरमा सबै सुख, सुविधासहित स्वीमिङ पुल, जिम, ओडिटोरियम, मिनि थिएटर र लाइब्रेरी जस्ता सुविधाहरु रहेका छन् । 

लण्डनमा रहेको लग्जरी भिला
उनको मुम्बईमा मात्र होइन  विदेशमा पनि भव्य बंगला रहेको छ । उनको सेन्ट्रल लण्डनको पार्क लेन इलाका भव्य बंगला रहेको छ । उक्त बंगलाको मूल्य २०० करोडभन्दा बढी छ । 

रेड चिली इन्टरटेनमेन्ट
शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको ‘रेड चिली इन्टरटेन्टमेन्ट’ देशकै ठूलो वीएफएक्स र प्रोडक्शन कम्पनीहरुमा एक हो । यो कम्पनी सन् २००२ मा स्थापना भएको उक्त कम्पनीले ‘रा–वन’, ‘माइ नेम इज खान’, ‘डियर जिन्दगी’ जस्ता फिल्महरु बनिसकेको छ । उनको यो कम्पनीको मूल्य अहिले ५०० करोडभन्दा बढी रहेको छ । 

कोलकाता नाइट राइडर्स
फिल्मका साथ साथै शाहरुखको लगानी खेलमा पनि रहेको छैन । मिडिया रिपोर्टको अनुसार शाहरुख खानले कोलकाता नाइट राइडर्स टीममा खानको लगानी ५५ प्रतिशत हिस्सा रहेको छ । सन् २०१९ मा टिमको कुल मूल्य ६३० करोड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप