लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता
मकवानपुर । मकवानपुरमा तेस्रोलिङ्गी सञ्जीवनी लोप्चनले नागरिकता परिवर्तन गरेकी छन् । १४ वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै उनले महिलाका नाममा नागरिकता लिएकी हुन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–३ की ३१ वर्षीया लोप्चनले १४ वर्षअगाडी सजीव लोप्चनको नाममा लिएको नागरिकता फिर्ता गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिला (सञ्जीवनी) को नाममा नागरिकता लिएकी हुन् ।
आफू पुरुष भए पनि महिलासरहको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेकाले नागरिकता परिवर्तन गरेको उनको भनाइ छ । धेरै कठिनाइको सामना गर्दै आफूले महिलाका रुपमा नागरिकता प्राप्त गरेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले नेपालको कानुनअनुसार लोप्चनको नागरिकता परिवर्तन गरेको बताए । लोप्चनले थाइल्याडबाट लिङ्ग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिएको गर्तौलाले बताए ।
यसअघि मकवानपुरबाट पहिलो पटक अजिता भुजेलले तेस्रोलिङ्गीका रुपमा नागरिकता प्राप्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
-
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि बीपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा