बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

बिहीबार, २० फागुन २०७७, ०७ : ४४
बिहीबार, २० फागुन २०७७

भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको प्रसंग उप्काए ।

कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । मन्त्री सिंहले वातावरण बचाउने नाममा एकतर्फी ढंगले बाँधहरुको विरोध भइरहेको आरोप लगाउँदै भारतका केही ठूला जलविद्युत् आयोजनाका कारण विभिन्न राज्यहरुको विकास भएको दाबी गरे । 

त्यही क्रममा उनले कोसी (सप्तकोशी) उच्च बाँधको प्रसंग पनि उप्काएका हुन् । 'यदि बिहारका कसैलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने उसको प्रमुख चाहाना नेपालको कोसी नदीमा ठूलो बाँध बनाउनु नै हुन्छ । जहाँ पनि हामीले ठूला बाँध बनाएका छौँ, त्यहाँका जनताको जीवनस्तर पुस्तौँसम्म सुधार भएको छ । यो सन्देश सबैतिर प्रवाह गर्न खाँचो छ ।' मन्त्री सिंहको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । 

भारतीय पक्षबाट कोसी उच्च बाँधको प्रसंग उठेको यो पहिलो पटक होइन । उर्जा जलस्रोतका द्विपक्षीय बैठकदेखि हरेकजसो उच्चस्तरीय भेटघाट र भ्रमणमा भारतले यस विषयमा जोड दिँदै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप