भागरथी हत्या प्रकरणः अन्तिम पटक म्याद थप
बैतडी । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट अन्तिम पटक म्याद थप भएको छ ।
आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले उक्त आरोप स्वीकारीसकेका छन् । गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो ।
अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथोपटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअनुसार अन्तिम तथा चौथोपटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश