
भारतको गुजरातमा एकै परिवारका ६ जनाले गरे सामूहिक आत्महत्याको प्रयास, ३ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यको वडोदरामा एकै परिवारका ६ जनाले सामूहिक आत्महत्याको प्रयास गरेका छन्। गुजरातको वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारका ६ जनाले सामूहिक आत्महत्या गर्ने प्रयास गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विष खाएका उनीहरुमध्ये ३ जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रहरीका एसपी भरत राठौडाका अनुसार विष सेवनका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जनालाई अस्पताल भर्ना गरिएको छ ।
उनीहरूका छिमेकीहरुलाई उदृत गर्दै एसपी राठौडाले भने, ‘उक्त परिवारले आर्थिक अभाव झेलिरहेको थियो।’ घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ