स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड निकासा
अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका हुन् ।
स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिन्छ ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि रु चार अर्ब २० करोड विनियोजन गरिएको र त्यसमध्ये यसअघि रु दुई अर्ब ६९ करोड २८ लाख ५८ हजार निकासा भइसकेको जानकारी दिए ।
अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत रु ५७ अर्ब ९७ करोड बराबरको स्रोत सुनिश्चित गरेको थियो ।
सोहीअनुसार गत मङ्सिर १५ गते ३०८ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा