
अभिनेत्री उपासनाले उद्घाटन गरिन् ऐजुकेसन एण्ड माइग्रेसन कर्नर

काठमाडौँ । अभिनेत्री सिंह ठकुरीले ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा उद्घाटन गरेकी छन् । उनले कर्नरको काठमाडांैको नयाँ बानेश्वरमा बुधबारबाट संचालनमा आएको नयां शाखाको रीवन काट्दै उद्घाटन गरेकी हुन् ।
उक्त शाखा उद्घाटनमा अभिनेत्रीसँगै ‘मिस ग्राण्ड नेपाल २०१९’ नीशा पाठक, ‘मिस सुप्रा नेशनल २०२०’ सिमल कनौजिया र ‘मिस पर्पोज २०१९’ विजेता निकिता कर्माचार्य समेत समेत सहभागी थिए ।
कार्यक्रममा अभिनेत्री अभिनेत्री ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्ध ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा खुसी लागेको बताइन् ।
‘यो संस्थाको बिगतको कार्य र नयाँ सोच राम्रो लागेर म ब्राण्ड एम्बेष्डरको रूपमा जोडिएको हो’ ठकुरीले भनिन् ‘सस्थाले यूवा पुस्तामाझ राम्रो क्रेज बनाउन सफल भएकोमा खुसी लागेको छ ।’
कार्यक्रममा संस्थाका प्रमुख सुनील उप्रेतीले पछिल्लो समय यूवाहरु माझ उपासना सिंह ठकुरीको राम्रो क्रेज भएकोले ब्राण्ड ऐम्बेष्डरको रूपमा छनौट गरेको बताए ।
आगामी दिनमा ऐजुकेसन एण्ड माइग्रेसन कर्नर झन बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने बताइएको कार्यक्रममा संस्थाका नबराज प्रसाई, नितेश उप्रेती र इश्वरराज मैनालीले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ