शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३ वर्षपछि पर्यटन बोर्डको उपाध्यक्षमा रिजाल मनोनित

बुधबार, १९ फागुन २०७७, १८ : २९
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्रप्रसाद रिजाल नियुक्त भएका छन् । गत मंगलबार बसेको बोर्डको कार्यकारी समितिले रिजाललाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । उपाध्यक्षमा नियुक्त भएका रिजाल यसअघि बोर्डका कार्यकारी सदस्य समेत हुन् । गत माघ २३ गते बसेको बोर्डको बैठकले रिजालसहित पर्यटन व्यवसायी ङावा ङिमा शेर्पा र कृष्णकुमार शाहलाई समेत कार्यकारी समिति सदस्यमा नियुक्त गरेको थियो । 

यता विप्लव पौडेल र पम्फा धमला यस अघिनै बोर्डको सदस्यमा चयन भइसकेका छन् । टानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी रिजाल उपाध्यक्ष चयन भएसँगै पर्यटन बोर्डले १३ वर्षपछि उपाध्यक्ष पाएको छ । पछिल्लो पटक २०६४ साल कार्तिक २२ गते पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ उपाध्यक्ष भएर कार्यकाल पूरा गरेसँगै हालसम्म बोर्डमा सो पद खाली रहँदै आएको थियो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्थाअनुसार बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष, बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव तथा पर्यटन प्रवर्द्धन गर्ने कार्यमा सलंग्न पर्यटन व्यवसायी पर्यटन तथा प्राकृतिक एवम् साँस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट सरकारले मनोनित गरेका ५ जना सदस्य र अर्थसहित विभिन्न मन्त्रालय र विभागबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्य गरी कुल ११ जनाको कार्यकारी समिति रहने व्यवस्था छ । 

उपाध्यक्षको हकमा निजी क्षेत्रबाट बोर्ड सदस्यमा मनोनित सदस्यहरू मध्येबाट बोर्डका सदस्यहरुले छानेको एकजना सदस्य उपाध्यक्ष बन्ने व्यवस्था अनुरुप रिजाल उपाध्यक्षमा चयन भएका हुन् ।
हाल बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने डा.धनञ्जय रेग्मी रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप