शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा १२१ किलोको माला लगाएपछि देउवाले भने– आलमलाई रिहा गराउँछुु

बुधबार, १९ फागुन २०७७, १६ : ५७
बुधबार, १९ फागुन २०७७

रौतहट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसद मोहमद आफताब आलमलाई रिहा गराएरै छोड्ने बताएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाद्वारा आयोजित विष्णु महायज्ञ उद्घाटन गर्न आएका पूर्वप्रधानमन्त्री देउवाले पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आलमको मुद्दा अदालतमा विचाराधीन रहेको र अदालती प्रक्रियाबाटै उनी रिहा हुने बताए ।

रौतहटबाट निर्वाचित सांसद आलम इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा छन् ।

सभापति देउवाले देश अहिले जटिल अवस्थामा रहेको भन्दै नेपाली काँग्रेस पार्टीले मात्र मुलुकलाई निकास दिनसक्ने दावी गरे ।

देशमा अहिले जताततै धार्मिक कार्यक्रम भईरहेको उल्लेख गर्दै उनले धर्मको प्रभावले देशमा शान्ति आउने विश्वाससमेत व्यक्त गरे ।

महायज्ञको उद्घाटन गर्ने अवसर दिएकोमा उनले गढीमाई नगरपालिकाका मेयर श्यामबाबुु यादवलाई विषेश धन्यवाद दिएका थिए ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सभापति शेरबहादुर देउवालाई आयोजकले एकसय २१ किलोको माला लगाएर सम्मान तथा स्वागत गरिएको थियो ।

कार्यक्रममा काँग्रेस नेता ईन्द्रप्रसाद बानियाँ, काँग्रेस जिल्ला सभापति कृष्णप्रसाद यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप